कर्मचारीतन्त्रमा लाजमर्दो काम

बढी पेन्सन बुझ्न रातारात बढुवा हुने र भोलिपल्टै अवकाश लिएर घर फर्किने,स्थायी सरकार भनिने नेपालको कर्मचारीतन्त्रमा मौलाएको लुटाहा प्रवृत्ति हो । ‘आफ्नै हात जगन्नाथ’ भने झैँ कर्मचारीका प्रमुखहरुले बिधि पुर्याई पुर्याई यसरी राज्य स्रोतको खुलेआम दोहन गरिरहेका छन् ।

Advertisement 1

सेवामा रहँदा सरुवा- बढुवाका लागि हुने अनेक चलखेल र दौडादौड कर्मचारीतन्त्रमा नौलो होइन । तर, सेवाबाट बाहिरिएपछि पनि मिलाई मिलाई खाइरहने प्रवृत्ति निजामतीमा पछिल्लो समय बेस्सरी मौलाएको छ । पेन्सन बढाउन र अवकाशपछि सरकारी नियुक्ति खान रातारात बढुवा हुने यो प्रवृत्ति हुन त विगतदेखिकै हो । त्यसले अहिले झन् बढी निरन्तरता पाएको छ ।

हालै लोकसेवा आयोगको सहसचिवबाट शंकर खरेल सचिवमा बढुवा भए । बढुवा भएलगत्तै अवकाश लिएर घर गए । यसअघि अघिल्लो सरकारकै पालामा महाश्रम शर्माले अघिल्लो दिन बढुवाको चिठी बुझे,भोलिपल्ट अवकाश लिएर घरतिर हिँडे । उनलाई अहिले विशिष्ट श्रेणीबाट अवकाश पाएको हैसियतमा शिक्षा मन्त्रालयअन्तर्गत परीक्षा सन्चालनसम्बन्धी आयोगको अध्यक्ष बनाइएको छ । अवकाशको मुखमा बढुवा खाने अर्का हुन् सचिव सूर्य आचार्य । अलि अगाडि नै उनी तीन नम्बरमा बढुवा सिफारिसमा परेका थिए । हालै बढुवा भएका उनले पनि एकदिन हाजिर गरेर अवकाश पाए ।
यसअघि महाश्रम शर्मा अघिल्लो दिन नियुक्त भएर भोलिपल्ट चिठी बुझी घर गए । अर्थात्, विशिष्ट श्रेणीको दर्जामा जम्मा एक दिन हाजिर गरेको भरमा जीवनभर त्यही स्केलको पेन्सन थाप्ने भए । उनी अहिले विशिष्ट श्रेणीबाट अवकाश पाएको हैसियतका साथ शिक्षा मन्त्रालयअन्तर्गतको परीक्षा सञ्चालनसम्बन्धी आयोगका अध्यक्ष छन् । उसै गरी वीर बहादुर राई अवकाश पाए । अहिले लोकसेवा आयोगका सदस्य छन् ।

Advertisement 2

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अवकाशपछिका लागि अहिलेदेखि नै सेटिङ मिलाएर बढुवा खाने यस्ता कर्मचारी धेरै छन् । खासगरी विशिष्ट श्रेणीमा अवकाश भएपछि सोहीअनुसारको पेन्सन खान पाइने र उस्तै परे अर्को सरकारी नियुक्ति पाइने भएकाले निजामतीमा यस्तो खुराफात हुने गरेको हो ।

प्रकाशित :२०७८ माघ २१, शुक्रबार १०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry