बिरगंज यातायातमा कालोमसो दलिएका अधिकृत साह गौर यातायात कार्यलयमा लुट मचाउदै

यातायात व्यवस्था कार्यालयमा रहँदा अनैतिक विभिन्न कार्य गरी कालोमोसो पोतिएका सहायक शाखा अधिकृत रंजित साहले यातायात व्यवस्था कार्यालय गौरमा अहिले ब्रह्मलुट मचाएका छन्।
Advertisement 1
सरुवा भएर पनि वीरगंज यातायातमै थमौती गरेर लामो समय बसेका उनी यातायात कार्यालयका डन कर्मचारी हुन्। उनी २०७८ चैत १४ मा का सरुवा गराई यातायात कार्यालय वीरगञ्जमा आएका थिए। सामान्यतयाका सरुवामा तीन महिनाभन्दा बढी बस्न मिल्दैन। तर शाह उक्त कार्यालयमा १५ महिना काजमा बसेका थिए । बिरगंज यातायात कार्यालयमा घुसखोरी गरि लुट मचाएका अधिकृत साह अहिले गौर यातायात कार्लयममा सेवाग्रही संग खुलेआम घुस मागी रहेको भिडियो बाहिरीएको छ । उनले भोला नाम गरेका ब्यक्ति लाई ५ सय रुपैया दिए पछि सबै काम हुने उक्त भिडियोमा देख्न सकिन्छ ।
यातायात व्यवस्था कार्यालय गौरमा अहिले उनले घुसखोरी लाई चरम सिमामा पुर्याएका छन । सवारी साधनको सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्ने बेलामा इन्स्योरेन्सको कागज बिना नै उनले नवीकरण गरि रहेको पाइएको छ । यसका लागि उनले हरेक सेवाग्राही संग ५०० का दर ले घुस लिईरहेको पाइएको छ । सवारी दर्ता प्रमाणपत्र नविकरण गर्न अनिवार्य रुपले गाडीको इन्स्योरेन्स हुनु पर्ने हुन्छ तर सहायक शाखा अधिकृत समेत रहेका रन्जित साहले आफ्नै कक्षमा घुस मागी नविकरण गरिदिने गरेका छन । उनले सवारी साधनको इन्स्योरेन्स गराउनका लागि १७ सय रुपैया लाग्ने गरेको तर उनले ५ सय देखि ७ सय घुस लिएपछि नविकरण गरिदिने गरेका छन ।
Advertisement 2
बिरगंज यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र शाखामा रहदा उनलाई कालोमोसो दलिएको थियो। वीरगन्ज यातायात बाट यातायात व्यवस्था कार्यालय गौर सरुवा भएपनि साह वीरगन्जमै अड्डा जमाएर घुसखोरी गरि जनतालाई दुख दिने गरेका थिए ।
यातायात ब्यवस्था कार्यलय गौरमा सहायक अधिकृत रंजित साह ले खुला रुपमा घुसखोरी गरि भ्रष्टाचार लाइ चरम सिमामा पुगाएपनी जिल्ला प्रशासन कार्यलय गौर ले ध्यान नदिनु शन्खाको विषय बनेको छ । त्यस्तै अख्तियार अनुसन्धान आयोग जनकपुर, हेटौंडाले समेत ध्यान नदिइएको पाइको छ । यस विषयमा उनीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
Advertisement 3