अफिसरको जागिर त्यागेर रसुवाबाट निर्वाचन लड्ने तयारीमा न्यौपाने

रविदेखि कविसम्म स्वतन्त्र उमेद्वार घोषणाको लहर चल्दै गर्दा हिमाली जिल्ला रसुवाको भावी संघिय संसदमा कुन कुन पार्टि बाट को को उमेद्वार बन्लान ? भन्ने विषयले चर्चा पाउन थालेको छ।

Advertisement 1

एक वटा मात्रै निर्वाचन क्षेत्र भएको रसुवामा अहिले मोहन आचार्य निर्वाचित सांसद हुन्,रसुवाबाट । उनी ए ग्रेडका ठेकेदार । गत संघीय निर्वाचनमा मोटो रकम केन्द्रलाई नै बुझाएर टिकट हात पारेका रसुवाकै काँग्रेसीहरु सुनाउँछन् । उनले तत्कालिन नयाँशक्तिका नेता प्रेम तामाङसँग संघ र प्रदेशको टिकट किनबेच गरेको समेत आरोप एउटा खेमाले लगाउँदै आएको छ । उनै मोहन फेरि पनि कांग्रेसबाट उठ्नेवाला छन् रसुवामा । हेर्न बाँकी छ यसपटक रसुवाली जनता पैसामा विबक्छन वा बिक्दैनन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनै मोहनले हरिकृष्ण देवकोटा,बुचुङ,सन्दिपहरुलाई जिताउन मोटै रकम खर्चेको देखिन्छ।उनी विद्यालय व्यवस्थापनको अध्यक्ष बनाउन समेत माईक्रो म्यानेजमेन्टमा लाग्ने गरेका छन् आर्थिक लगानी गरेर ।

भनिन्छ मोहन काँग्रेसका मात्र होइन एमाले माओवादीका पनि मुहान हुन । यस्का अलवा अर्का नेता जर्नादन ढकाल पनि प्रबल दाबेर छन् त्यहाँ । रसुवामा आधाआधि स्थानीय निकाय जित्दै गर्दा, सांगठनिक हिसाबले पनि एमाले बलियो छ । एमालेका केन्द्रीय सदस्य माधव अर्याल उत्तरगया पालिकामा ५ वर्षका लागि व्यवस्थापन गरिसकिएको छ । अहिले एमालेबाट संघीय निर्वाचनमा उनी निर्विकल्प उमेद्वार हुन भनिँदैछ । जर्नादन ढकालको एक कार्यकाल जनताले भोगिसकेका छन् अर्थात उनी पनि टेस्टेड हुन रसुवाली जनताका माझमा । एमालेकै एउटा खेमाले जर्नादन ढकालले मोहन अचार्यसँग नभिड्ने मानसिकतामा बनाइसकेको बताइरहेको छ ।

Advertisement 2

एमालेकै एउटा खेमाले भन्यो,मोहन आचार्य सँग आफ्नो बिग्रको कारोबार मिलाएर अर्कैलाई उठाउने उनको तयारी छ । प्रेम तामाङ जो अहिले पार्टिबिहिन छन्, हुन त उनी कांग्रेसको महाधिवेशनमा सहभागि भए भोट पनि हाले तर सभासद् भने बाबुरामको पार्टीका । कांग्रेस पार्टीको विधि पद्धति उति रुचाएका भने छैनन् । उतातिर मोहन आचार्यले हरिकृष्णहरुलाई च्यापेपछि आफुलाई भित्रभित्रै ईन्फेरियर फिल भने गरेका छन्। प्रेम वातावरण मिले त माओवादीमै फर्किन्थे तर माओवादीभित्र फर्किए पनि स्पेश पाउने स्थिती छैन । प्रेमलाई संघको सांसद हुन मन छ, कांग्रेसबाट त्यो संभावना छैन, बाबुरामले पाँचौ पार्टी खोल्ने तयारी गर्दैछन् ।

उता माओवादी भित्रका इमान्दार नेता हुन् ईन्द्र गोतामे । तर रसुवामा माओवादी पार्टीभित्रकै अन्तरघात, कमजोर सङ्गठन र कमजोर निर्णय क्षमताका कारण उनले टिकट पाए पनि जित्ने सम्भवना अत्यन्त कम रहेको माओवादीभित्रैबाट विश्लेषण हुँदैछ ।

Advertisement 3

उसो हो भने यी तीन वटा राजनीतिक दलको विकल्पमा को आउँला त ?

हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मौसमविद्को रुपमा कार्यरत विष्णु प्रसाद न्यौपानले आफूलाई बैंकल्पिक उम्मेद्धारको रुपमा अगाडि बढाउने तयारी गर्दैछन् । उत्तरगया,४,भलायडाँडामा जन्मिएका यी युवाले त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञान विषयमा स्नातकोत्तर गरेका छन्।मृदुभाषि, सरल र कम बोल्ने यीनि अबको चुनाबमा सरकारी जागिर छोडेर राजनीतिमा होमिनी तयारी गर्दैछन् । तर उनलाई संघीय सांसद बन्न फलामकै चिउरा चपाएझैँ हुनेवाला छ। न त उनी जनतामाझ परिचित छन न त उनीसँग मोटो रकम नै । छ त केवल रसुवाली जनताको सेवा गर्ने हुटहुटी, त्यो हुटहुटी यिनको हालको मौसमविद्को जागिरले पुरा गर्न सकेन, त्यसैले होमिँदैछन् राजनितिमा।
कर्मचारी वृत्तमा स्वच्छ छबि बनाएका यिनि हाल माओवादी सम्बध्द ट्रेड युनियन “नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन” को उर्जा मन्त्रालय अन्तरगतका विभागिय कमिटिको सचिव हुन् ।यीनको राजनितिक पद त्यति मात्रै हो।त्यसरी हेर्दा माओवादीले यीनलाई सांसदको टिकट त दिँदैन, फेरि बरु आफ्नै मात्र भोट आओस् तर आफैले टिकट लिने हो भन्ने प्रवित्ति छ रसुवा माओवादीमा त्यो कुरा त स्थानीय चुनावमा पनि देखिसकिएको छ । जहाँ वडाको एक त्यति नचिनिएका उमेद्वारको भन्दा पालिकाको उमेद्वार जिल्ला स्तरको नेताको भोट कम देखियो। अरु पार्टीबाट त झन् संभावना नै रहेन टिकटको, त्यसो भए के विष्णु स्वतन्त्र उठ्लान् तरु एक विश्वस्त स्रोतले मिले सम्म मुल पार्टी नभए स्वतन्त्र नै भए पनि सांसद चुनाबमा उठ्ने तयारी गर्दैछन् उनी ।

प्रकाशित :२०७९ असार १८, शनिबार ०६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry