अख्तियारका नक्कली इन्स्पेक्टरलाई सक्कली प्रहरीले समात्यो

तीन जना नक्कली प्रहरी निरीक्षक फन्दामा परेका छन् । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक बताउँदै सीमानाकाबाट पैसा असुल्ने धन्दामा संग्लग्न तीन नक्कली प्रहरीलाई सक्कली प्रहरीले पक्राउ गरेको छ। महोत्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली निरीक्षकहरुलाई प्रहरीले पक्राउ गरेको हो । जलेश्वर नगरपालिका–१२ को सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग पैसा असुल्ने उनीहरूलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभाष झा र २१ वर्षीय हमिद राईन हुन् । प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टका अनुसार तीनै जनालाई हिजो साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमा नाकाबाट पैसा असुलिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बलको बिओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

Advertisement 1

प्रहरीले उनीहरुको साथबाट दुई हजार दुई सय भारु,एक हजार नेपाली रुपैयाँ र दुई थान मोटरसाइकल बरामद गरेको छ । तीनै जनालाई आवश्यक अनुसन्धानको निम्ति जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । तीनै जनालाई आवश्यक अनुसन्धानको निम्ति जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित :२०७९ असार १७, शुक्रबार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry