२६ दिनपछि अर्थमै फर्कदै जनार्दन,सचिवमा कस्लाई ल्याइएला ?

माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा आजै साँझ सिंहदरबारमा फर्कने भएका छन् । २६ दिनपछि शर्मा अर्थमन्त्रीको रुपमा सिंहदरबार फर्कने तयारी गर्दैछन् ।
गत जेठ १४ मा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएरको करको दर हेरफेर गराएको आरोप लागेपछि उनले २२ असारमा मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठन भएको विशेष संसदीय छानबिन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमै फर्कने भएका हुन । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले शर्माको संलग्नता नभेटेपछि माओवादी केन्द्रले शर्मालाई नै अर्थमन्त्रीमा नियुक्त गर्ने निर्णयमा पुगेको हो ।

Advertisement 1

निकटकाहरुसँग मन्त्री शर्माले आफू अर्थमा नफर्कने जबाफ दिएका भए पनि पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासमेत शर्माकै पक्षमा सकरात्मक भए पछि उनी आजै अर्थमा फर्कने भएका हुन । पार्टी अध्यक्ष प्रचण्डले शर्माको नाम सिफारिस गरिसकेको र आज साँझ सपथ हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
उता अर्थमन्त्री जनार्दन शर्मा अर्थमा फर्किएसँगै सचिव मधुकुमार मरासिनीले सरुवा मागेर हिड्ने अर्थ स्रोतले दावा गरेको छ । भावी अर्थ सचिवका रुपमा बैकुण्ठ अर्याल वा केबल भण्डारीमध्य एक हुनसक्ने जनाइएको छ । राजस्व सचिव कृष्णहरी पुष्कर भने यथावत रहने अर्थ स्रोतको दावा छ ।

प्रकाशित :२०७९ श्रावण १५, आईतवार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry