उत्तरगया गाँउपालिकाविरुद्ध भ्रष्टाचार र बेथितिका आधा दर्जन उजुरी
उत्तरगया गाँउपालिकाले गरेको काममा भएका बेथिति र सुशासनको बिषयलाई प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उत्तरगयामा भएका खरिद,गुरुयोजना लगायतका ६ वटा बिषयमा आर्थिक अनियमितता भएको भन्दै सरोकारवालाहरुले अख्तियार गुहारेका हुन ।
Advertisement 1
पालिकाले गरेका विभिन्न कामबाट असन्तुष्ट सरोकारवाला पक्षले गत आर्थिक वर्षभरिका कार्यशैली तथा सुशासनमा प्रश्न उठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ वटा उजुरी दर्ता गरेका हुन ।
पछिल्लो समय माधव अर्याल रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष बनेर आएसँगै पालिकाका अधिकांश काम कारवाही एनजिओहरुलाई जिम्मा लगाइएको छ । त्यसैमध्यको एउटा काम हो २० बर्षे रणनीतिक गुरुयोजना ।
झण्डै २५ लाख बजेट खर्चेर पालिकाको २० बर्षे रणनीतिक गुरुयोजना बनाउने जिम्मा एनजिओलाई लगाइएको छ । यस्का अलवा पालिकाका अधिकांश विकास निर्माणका काम एनजिओलाई सुम्पिइएको छ ।पालिकाको समस्या पालिकाबासीको आवश्यक्ता एनजिओलाई थाहा हुन्छ कि पालिकाबासीलाई ? एमालेकै एक जना जिल्लास्तरीय नेताले प्रश्न गर्दै भने । पालिकाको विकास निर्माणसम्बन्धी अधिकांश काम एनजिओलाई जिम्मा लगाएर अध्यक्ष अर्याल ६ महिनाका लागि विदेश शयरमा निस्किएका छन् ।
Advertisement 2
स्वास्थ्य सामाग्री खरिद,इ हाजिरी,२० बर्षे रणनीतिक गुरुयोजना लगायतका बिषयमा अनियमितता भएको आरोपसहित उत्तरगया गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
यस्तै कृषि र भेटनरीका १० जना कर्मचारीलाई पेण्डुलम बनाएर हेफर मातहतको सिड्सलाई जिम्मा दिइएको छ । त्यस्तो बिषयमा पनि कर्मचारीदेखि पालिकाभित्रै व्यापक असन्तृष्टि रहेको छ ।