कर्मचारीका लागि प्रतिभा डबली

प्रतिभा डबली स्थापना गरी निजामती कर्मचारीको क्षमता र प्रतिभालाई सार्वजनिक सेवा प्रवाहमा उपयोग गरिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीसँग भएको क्षमतालाई नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा आफ्नो प्रतिभा उजागर गर्दै उत्तम नतिजा हासिल गर्ने उद्देश्यले प्रतिभा डबलीको स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । कार्यविधिनुसार डबलीमा भाग लिन सो मन्त्रालयले सबै मन्त्रालय र निकायलाई गत जेठ ३० गते पत्राचार गरेको छ ।

Advertisement 1

मन्त्रालयको अनुसार कर्मचारीका प्रतिभा वा सोचले सार्वजनिक महìव राख्न सक्ने भएकाले कर्मचारीको प्रतिभा डबली स्थापना गर्न लागिएको हो । अहिले पनि मालपोत कार्यालय, राहदानी विभाग, राष्ट्रिय परिचयपत्रको कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक व्यवस्थापन चुनौती, विकास निर्माणमा ढिलासुस्ती, सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको गुनासो लगायतका निजामती कर्मचारीबाट प्रदान गरिने सेवामा समस्या देखिएका छन् । ती निकायमा देखिएका समस्याका बारेमा कर्मचारीबाटै विभिन्न सोच सङ्कलन गरी समाधानका उपायसमेत खोजी गर्ने गरी प्रतिभा डबली आयोजना गरिनेछ ।

निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभाको उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालनको कार्यविधि जारी गरिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७९ असार १०, शुक्रबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry