अध्यागमनको महानिर्देशकको राजीनामा माग्दै कार्यालय अगाडि प्रर्दशन

सेटिङ मिलाएर अध्यागमन विभागमा पुगेका हाकिम झलकराम अधिकारीको राजीनामा माग्दै म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । अध्यागमन कार्यालयको बदमासीका कारण श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको घटनाको विरोधमा मेनपावर व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गरेका हुन ।
अहिले अध्यागमनको डिजी छन्,झलकराम अधिकारी,उनी प्रधानमन्त्री प्रचण्डको जिल्लाबासी भएकै कारण सेटिङ मिलाएर त्यता पुगेका थिए,२०७९ फाल्गुन १७ गतेदेखि । अध्यागमनको नेतृत्व सम्हाल्न पुगेको चार महिनामै उनी विवादमा तानिएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको थियो । कागजात शंकास्पद रहेको भन्दै अध्यागमनले श्रमिकलाई विमानस्थलबाटै फिर्ता गरेको उक्त घटनाको विरोधमा व्यवसायीहरूले अहिले अध्यागमनको कार्यालय कालिकास्थानमा आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement 1

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले आज कालिकास्थानस्थित विभाग अगाडि प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले विभागका महानिर्देशकको राजीनामा माग्दै चर्को नाराबाजी गरिरहेका छन् ।

व्यवसायीहरुले बोकेको प्ले कार्डमा अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनमा हुने अनियमितता छानविन गर,, व्यवसायीलाई दुख दिने कार्य बन्द गर, विदेशमा काम गर्न पाउने संवैधानिक हक सुरक्षित गर,अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर, अध्यागमन विभागका महानिर्देशक राजीनामा दे,भिजिट भिसा सेटिङ बन्द गर लेखिएका प्लेकार्ड देखाएका थिए ।
अधिकारी राजश्व सेवा समूहबाट माथि नउठेका उनी कहाँ कहाँ राजश्व मार्न पाइन्छ त्यही कार्यालय खोजेर र रोजेरै बस्न सफल हाकिम सहसचिव हुन । साढे चार महिनामै पुल्चोकस्थित राजश्व अनुसन्धान विभागबाट फिर्ता ताजिएका थिए । यस अघि सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका थिए ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै अध्यागमनको हर्ताकर्ता बनाइएको छ । निजामती कर्मचारीले एक पटक सुगम स्थानमा बसेपछि अर्को पटक दुर्गम स्थानमा सेवा गर्नुपर्ने सामान्य नियम हो । तर, पावर पुगेका र पैसा पेल्न सक्ने कर्मचारीको हकमा यस्तो नियम लागू भएको देखिदैन ।

प्रकाशित :२०८० असार ३१, आईतवार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry