पद अधिकृत, आम्दानी १ करोड ६४ लाख ८९ हजार सात सय

सरकारी जागिर खाने एक मामुली कर्मचारीले जीवनभरमा कति बचत गर्ला ? मुस्किलले मासिक २८ देखि ३० हजार हाराहारी तलब थापेर परिवार पाल्नै सकस हुने सुनाउँछन इमान्दार कर्मचारी । तर जागिरे जीवनभर अर्थ मन्त्रालय मातहत बसेका एक अधिकृतले जागिरे जीवनको ३५ बर्षे दौरानमा डेढ करोड अवैद्य आर्जन गरेको अख्तियारले जनाएको छ ।

Advertisement 1

०४० साल फागुन ६ गते सरकारी सेवामा प्रवेश गरी ०७५ चैत्र ३० गते अवकाश पाएका एक जना अधिकृतसँग झण्डै डेढ करोड अवैद्य सम्पत्ति रहेको अख्तियार दुरुपयोगको अनुसन्धानबाट पत्ता लागेको छ ।

त्यसरी डामिएका अवकाश प्राप्त अधिकृत हुन उद्धवप्रसाद थपलिया । जागिरे जीवनभर अर्थ मन्त्रालय र मातहतका निकायमा कार्यरत रहँदा उनले २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन गरेको र सोमध्ये १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँको अवैद्य ठहर गर्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले आजै थपलियाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Advertisement 2

थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसूर गरेकोले विगो एक करोड ६४ लाख ८९ हजार कायम गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले स्रोत नखुलेको सो सम्पत्ति जफत गर्न समेत माग गरेको छ ।

जाँच अवधिमा अकुत आर्जन गरी श्रीमती मुना पन्त थपलियाको नाममा सम्पत्ति लुकाएको अख्तियारले अनुसन्धानबाट खुलेको उस्ले जनाएको छ । थपलियाको पत्नीको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुको रकम लगायतको पनि स्रोत पुष्टि हुन नसकेकाले उनलाई प्रतिवादी बनाई जफत गर्न अख्तियारले माग गरेको छ ।

प्रकाशित :२०७८ मंसिर २३, बिहीबार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry