लोकसेवा आयोगले विज्ञापन नखोल्ने !

 लोकसेवा आयोगले यस वर्ष निजामति कर्मचारीका लागि विज्ञापन नखोल्ने भएको छ ।

Advertisement 1

आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलउाने निर्णय गरेको थियो तर कोरोना भाइरसको संक्रमण बढेपछि नखोल्ने तयारी गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए आयोगमा रिक्त पदको विवरण नपठाउने भएको छ ।

यद्यपि मन्त्रालयले रिक्त पदमा विवरण संकलन भने सुरु गरेको छ ।आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्छ । मन्त्रालयले पठाएको पदको विवरणका आधारमा आयोगले विज्ञापन खुलाउँछ ।

Advertisement 2

संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउने किन नपठाउने भन्नेबारे निणएय नभएको बताए ।

प्रकाशित :२०७७ भाद्र १३, शनिबार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry