उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा रा.प द्धितीय श्रेणीका कर्मचारीहरुलाई सेवाकालीन तालिमका लागि आवेदन माग गरेको छ । आगामी साउन दोश्रो साताबाट हुन लागेको सेवाकालीन तालिम लिन इच्छुक मन्त्रालय वा मातहतका निकायमा कार्यरत उपसचिव वा सो सरहका कर्मचारीहरुले यही असार १७ गते भित्र आवेदन पेश गर्न मन्त्रालयले आह्वान गरेको छ ।

Advertisement 1

‘ एडभान्स कोर्स अन म्यानेजम्यान्ट एण्ड डेभलपमेन्ट’ बिषयक भर्चुअल माध्यमबाट हुन लागेको सेवाकालीन तालिम लिन इच्छुक उपसचिव तहका कर्मचारीहरुले आगामी असार १७ गतेभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा इमेल पठाउन मन्त्राालयद्धारा जारी सूचनामा आग्रह गरिएको छ ।
तालिममा मन्त्रालय वा मातहतका स्थानीय तहका ८ जना प्रशिक्षार्थी सहभागी गराइने मन्त्रालयले जनाएको छ ।

talim
प्रकाशित :२०७९ असार १०, शुक्रबार ०६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry