मालपोतका हाकिमले क्लबको जग्गा सुटुक्क व्यक्तिको नाममा पास गराइदिएपछि

क्लवको जग्गा व्यक्तिलाई सुटुक्क पास गराउने मालपोतका हाकिम भ्रष्टाचारमा तानिएका छन् ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका जिल्ला भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

युवा स्पोर्टस क्लबको १ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा गैरकानूनी रुपमा दर्ता गरेको आरोपमा तिवारीसँगै नायब सुब्बा शम्भु साह रौनियार र खरिदार शिवप्रसाद साह तेलीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जिल्लाको बेल्वास्थित युवा स्पोर्ट्स क्लबका नाममा रहेको १ कठ्ठा ५ धुर जग्गा गलत लिखत तयार पारी व्यक्तिका नाममा कायम गरेको कसुरमा अख्तियारले तिवारीसहित बदनियतपूर्ण रुपमा कागजात तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, खरिदारद्वय शिवप्रसाद साह तेली र रिन्ता कुमारी तथा जग्गा हत्याउने शेषसफी अहमदविरुद्ध कैद र जरिवानाको मागदावीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Advertisement 2


अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १२ अनुसार सजाय मागदावी लिएर अदालतमा मुद्दा दायर गरेको जनाएको छ । ऐन अनुसार उनीहरुलाई कसूरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छ ।

त्यस्तै दफा १२ मा ‘कुनै राष्ट्रसेवकले सरकारी वा सार्वजनिक संस्थाको कागजात लुकाएमा वा कुनै तरिकाले नोक्सान पुर्‍याएमा वा नष्ट गरेमा निजलाई कसूरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रकाशित :२०७९ माघ २१, शनिबार ०६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry