लोकसेवाविरुद्ध प्रर्दशनमा उत्रिए परीक्षार्थी

नासु तहका परीक्षार्थीहरुले लोकसेवा आयोग अगाडि शान्तिपूर्ण धर्ना दिएका छन् । हालै मात्र सर्वाेच्च अदालतको पूर्ण इजलाशले एक चरणको परीक्षा भैसकेको बिज्ञापनमा सिट घटाउन नमिल्ने फैसलालाई नजिर बनाउँर्दै रोकिएको नासु र खरिदार तहको परीक्षा तत्काल सञ्चालनको माग गर्दै परीक्षार्थीहरुले आयोग अगाडि धर्ना दिएका हुन ।
Advertisement 1
आर्थिक बर्ष २०७६/ ०७७ को नासु बिज्ञापनको अन्तर्वार्ता अबिलम्ब माग गर्दै संचालन माग गर्दै उम्मेद्धारहरुले कमलपोखरीस्थित लोकसेवा आयोगको कार्यालयमा धर्ना दिएका हुन । अन्तरवार्ता संघर्ष समुह नै बनाएर उनीहरुले आज लोकसेवा आयोगको केन्द्रिय कार्यालय कमलपोखरी अगाडि शान्तिपुर्ण धर्ना दिएका हुन । परीक्षा रोक्नुको कुनै औचित्य नभएको उम्मेद्धारहरुको ठहर छ । यस अघि नै परीक्षा दिएर अन्तर्वार्ताका लागि छनौंट भइसकेका उम्मेद्धारहरुले आयोग अगाडि शान्तिपूर्ण प्रर्दशन गरेका हुन ।उम्मेद्धारहरुले स्वच्छ छवि निर्मल कार्य आयोगको लक्ष्य,लक्ष्य धमिलो पार्ने प्रयासमा भयो कुन पक्ष सहित हाम्रो विश्वास आयोगमा आयोगको विश्वास अदालतमा,आमा बुवाको विश्वाश हामीमा र हामी मानसिक तनावको भूमरीमा,हामीलाई विश्वास छ हाम्रो विश्वासनिय अभिभावक छ लगायत लेखेको पर्चा बोकेर त्यहाँ प्रर्दशनमा उत्रिएका थिए ।