मनोनयन,पदावधि थप,राजीनामा स्वीकृतदेखि पदस्थापनसम्म :- यी हुन क्याविनेटका पछिल्ला १० निर्णय
मन्त्रिपरिषद्का विभिन्न दश निर्णय सार्वजनिक भएका छन् । अस्ति शुक्रबार र शनिवार बसेको क्याबिनेट बैठकको निर्णय आज सार्वजनिक गरिएको हो । क्याविनेट बैठकले विभिन्न नियुक्ति,पदावधि थप,राजीनामा स्वीकृतदेखि पदस्थापन सम्मको निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासनिक प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाश बहादुर श्रेष्ठलाई मनोनयन गरेको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको विकल पौडेलको पदावधि एक पटकका लागि थप गरेको छ । यस्तै डा जागेश्वर गौतमको राजीनामा स्वीकृत गरेको छ । गौतम परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा प्रमुख कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए । उनको गौतमको राजीनामा स्वीकृत गरिएको छ । गौतमलाई अघिल्लो सरकारको पालामा स्वास्थ्य मन्त्रालयको प्रवक्ता बनाइएको थियो । त्यसपछि अहिलेको सरकारले वीर अस्पतालमा सरुवा गरे पनि त्यहाँ महिला कर्मचारीले चर्को विरोध गरेपछि उनलाई थापाथलीस्थित प्रसूति गृह लगिएको थियो ।बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने र मूल्यअभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९, अन्तःशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ ।
यस्तै बैठकले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई विभिन्न देश हुँदै अमेरिकासम्मको भ्रमणको स्वीकृति दिएको छ । शर्मा नेतृत्वको भ्रमण दललाई युनिफाई, लेबनान, सिरिया तथा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जान स्वीकृति दिइएको हो ।
Advertisement 1
क्याबिनेटले ब्रसेल्समा पर्सिदेखि हुने ग्लोबल समिट २०२२ टर्निङ द टाइट चाइल्ड सेक्सुअल एब्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।
Advertisement 2
उता नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको सुर्खेतको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिने र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ ।