फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताउक्ँ छन्।
Advertisement 1
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरु आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताए।
सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ। ‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरु छन्। धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्याँस उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगहरुले पुनःजीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ,’ उनले भने।
Advertisement 2
प्रधानमन्त्री ओलीले ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्ने पनि बताए। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदानको उच्च मूल्यांकन गरिने उनको भनाइ थियो।