हिमाली जिल्ला पुगेर आइजिपीले भने–हिमाल जस्तै अटल भएर डिउटी गर्नु

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल-चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेर अटल र निर्भिकताका साथ हाँसेर डिउटी गर्न निर्देशन दिएका छन् । आइतवार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका महानिरीक्षक अर्यालले गुल्म र मातहत बीओपी हिल्साको निरीक्षण गरेरे निर्देशन दिएका हुन् ।

Advertisement 1

उनले भने,‘सशस्त्र प्रहरीको सिपाहीले हिमाल अटल र निर्भिकताका साथ हाँसेर डिउटी गर्नुपर्छ, रुनुपरे म रुन्छु ।’ कुनै समस्या भएमा आफुले समाधान गर्ने भन्दै उनले मनदेखि देशसेवामा लाग्न निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा सशस्त्र प्रहरीका कर्मचारीले तातो हिमाली ज्याकेट उपलब्ध गराउन थालेकोमा महानिरीक्षक अर्याललाई धन्यवाद दिएका थिए । निरीक्षणका क्रममा उनले सबैको गुनासो समेत सुनेका थिए ।

 

प्रकाशित :२०८० पुष २६, बिहीबार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry