अब ६८ बर्षमै बृद्धभत्ता,कृषकलाई पनि पेन्सन,के के छन् बजेटका ‘पपुलर’ कार्यक्रम ?

किसानलाई पेन्सन, छुट्याइयो एक अर्ब रुपैयाँ
Advertisement 1
बृद्धभत्ता ६८ बर्षमै
सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएकालाई मासिक ५ हजार
मानव विकासमा पछि परेका २५ जिल्लाका महिलाहरुले सुत्केरी भत्ता पाउने,उनीहरुलाई एकमुस्ट ५ हजार रुपैयाँ दिने घोषणा
निम्न आय भएका गरिब र श्रमिकका लागि सरकारले खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने
प्रत्येक वर्ष २ लाख सुचिकृत बेरोजगारलाई रोजगारी दिने
५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिइने
प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेका एक–एक जना जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने, साथै प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक तयार पार्ने
बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था
Advertisement 2
वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशत छुट
हाल १४० वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १०० विद्यालयमा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन
विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ ।