अब गाडी चढ्ने कर्मचारीलाई ८० लिटर,मोटरसाइकललाई १३ लिटरमात्र इन्धन
नेपाल विद्युत् प्राधिकरणले यस अघि पाउँदै आएका कर्मचारीहरुको इन्धन सुबिधामा कटा्रैती गरेको छ । प्राधिकरणले यस अघि कर्मचारीले प्राप्त गर्दै आएको इन्धन सुबिधामा २० प्रतिशतले कटौती गरेको जनाएको छ । यस अघि इन्धनमा बढी रकम खर्च भएको भन्दै अर्थ मन्त्रालयले सरकारी कर्मचारीले प्राप्त गर्दै आएको इन्धन खर्चमा २० प्रतिशतले कटौती गर्न सर्कुलर गरिसकेको भए पनि प्राधिकरणले भने पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिपछि प्राधिकरणले उक्त निर्णय गरिएको जनाइएको छ ।
Advertisement 1
जसअनुासर मोटरसाइकल प्रयोग गर्ने कर्मचारीले महिनामा १६ लिटर पेट्रोल पाउँदै आएकोमा उनीहरुको सुविधा २० प्रतिशत कटौती गर्दै १३ लिटर मात्र पाउने जनाइएको छ । सुविधाप्राप्त अधिकृतहरुले बढीमा ८० लिटर इन्धन पाउने जनाइएको छ । सरकारका विभिन्न निकायले पेट्रोलिय पदार्थको खपत कम गर्न विद्युतीय उपकरणमा जोड दिँदै आएका छन् ।
Advertisement 2