मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। २ हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका ह।

Advertisement 1

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको पौडेलले जानकारी दिए। उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले ९ मत पाएका छन्।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका ५ मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो। मनाङमा ५४.८० प्रतिशत मत खसेको थियो। यहाँ कुल सात हजार मतदातामध्ये २ हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए। मनाङ कुल मतदाता ७ हजार छन्। अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry