‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत घरदैलोमा स्वास्थ्य सेवा

कञ्चनपुर। कृष्णपुर नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत २४ हजार ७२१ नागरिकले घरदैलोमै स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
Advertisement 1
नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा नसर्ने रोगबारे सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वंशीराज भट्टले जानकारी दिए।
चिकित्सकले उच्च रक्तचाप, मधुमेह, खोपको अवस्था, औषधि सेवनको नियमितता लगायतका विषयमा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइँदै आएको नगरप्रमुख हेमराज ओझाले बताए।
Advertisement 2
उनले एम्बुलेन्स, औषधि वितरण, तथा प्रयोगशाला सेवा कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत एमबीबीएस चिकित्सकबाट भइरहेको जानकारी दिए।
प्रकाशित :२०८३ जेष्ठ २१, बिहीबार १४:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








