सचिवहरुको सरुवा

आज बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयमा पठाएको छ भने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

Advertisement 1

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा राष्ट्रिय सतर्कता केन्द्रका सुशील चन्द्र तिवारीले जिम्मेवारी पाएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा नेपाल ट्रष्टका सचिव गोपाल सिग्देल आएका छन् भने सचिव रवीन्द्र श्रेष्ठलाई राष्ट्रिय सतर्कतामा पुर्‍याइएको छ ।

 

प्रकाशित :२०७९ जेष्ठ १०, मंगलवार १९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry