दुई महिनादेखि आफ्नै कर्मचारीहरुसँग भाग्दै हिड्न किन विवश भए हाकिमसा’बहरु ?

सञ्चार मन्त्रालय मातहतको नेपाल टेलिकमका कर्मचारीहरुले आन्दोलन छेडेका आज ३८ औं दिन,पर्यटन मन्त्रालय मातहतका नेपाल बायुसेवा निगमका कर्मचारीले आन्दोलित भएको दुई महिना व्यतित भयो । यस्तै विगत १५ दिनदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु आन्दोलित रहेकोमा,जो साँझदेखि बल्ल खुलेको छ ।
आन्दोलनमा होमिएका कर्मचारीको माग सम्बोधन गर्नुको साटो त्यहाँका हाकिमहरु मन्त्रालयमा छिरेर,त्यतै ठाडो हाजिर गर्दै फर्कन थालेका छन् ।
पर्यटन मन्त्रालय मातहतकै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल २५ साउनदेखि कार्यकक्षमा छिर्न दिइएको छैन । उनी कहिले कार्यालयको प्रशासन शाखामा छिरेर दिन कटाउँदै घर फिर्ने त कहिले मन्त्रालयको चोटा कोठा चाहर्दै दिन गुर्जान थालेका छन् । प्राधिकरणलाई टुक्राउने र बिमानस्थलहरुको सञ्चालनमा निजी क्षेत्रलाई दिने महानिर्देशको तयारीविरुद्ध कर्मचारीहरु आन्दोलित मात्र भएनन् उनीहरुले राजनलाई कार्यकक्षमा छिर्न दिएका थिएनन् ।
साँझदेखि त्यहाँ आन्दोलनरत कर्मचारी र व्यवस्थापकबीच सहमति भए पछि ताला खुलेको छ ।
यस्तै नेपाल बायु सेवा निगमका हाकिम डिमप्रसाद पौडेल पछिल्लो १५ दिनदेखि मन्त्रालयमा ठाडो हाजिर लगाउँदै फर्कन थालेका छन् । दुई महिनादेखि उनले नेपाल वायु सेवा निगम कर्मचारीहरुले गेटमा टेक्नै दिएका छैनन् । बायुसेवाका कर्मचारीहरुको दुई सूत्रीय अडान छ, निगम महाप्रबन्धक पौडेलको राजीनामा र कम्पनी मोडलमा लैजाने गरि अघि बढाएको प्रबन्ध पत्र नियमावली संशोधन प्रक्रिया फिर्ता ।
उसैगरी भद्रकालीस्थित नेपाल टेलिकमको मुख्यालयमा ३७ दिनदेखि कर्मचारी आन्दोलित छन् ।

Advertisement 1

दुई दिनसम्म भद्रकालीस्थित मुख्लालयमै कर्मचारीहरुले थुनिदिए पछि उनी कार्यालय फर्किएका छैनन् । एकातिर कर्मचारीको वृत्तिविकासको बाटो ठप्प पारिएको, अर्कोतिर मुनाफामा व्यापक गिरावट आएको कारण देखाउँदै त्यहाँका कर्मचारी आन्दोलित छन् । ०६१ सालको विनियमावली परिवर्तन गरी ७८ साउन १ गतेदेखि लागू हुने गरी ल्याइएको विनियमावलीले टेलिकममा कार्यरत ४सय भन्दा बढी कर्मचारीको वृत्ति विकासमै असर पर्ने देखिएका कारण आन्दोलित छन् । उनीहरुले अबको ५ महिना मात्र कार्यकाल बाँकी भएका अधिकारीले चलाखी गरी फेरि आफू १० औं तह (प्रवन्धक)मा फर्केर काम गर्न सकिने गरी नियमावली संशोधन गराएको भन्दै फायर भएका छन् । नयाँ विनियमावलीमा १०औं तहमा ८ वर्ष र ११औं तहमा ५ वर्ष काम गरेकाहरूले अनिवार्य अवकास पाउने व्यवस्थालाई हटाएर खुला प्रतिस्पर्धामा आउनसक्ने व्यवस्था राखिएसँगै कर्मचारी उनीविरुद्ध आन्दोलित भएका हुन ।

मन्त्रालयमा नयाँ सचिवका रुपमा बैकुण्ठ अर्याल आएसँगै कर्मचारीहरुसँग वार्ता चल्दैछ । वार्ता गरी समस्याको निकास दिन मन्त्रालयले कानुन शाखा उपसचिव महेन्द्र सांख्यी र संस्थान समन्वय प्रमुख उपसचिव रामप्रसाद सापकोटाबीच तारान्तार वार्ता चल्दैछ । सोमबार सार्वजनिक विदाकै दिन पनि वार्ता टोलीबीच १६ वटा विनियमावलीको बिषयमा छलफल चलेको,४ वटामा गाँटो अड्किएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पनेरुले जनआस्थासँग सुनाए । आन्दोलनरत कर्मचारीहरुले आफ्नोमात्र होइन्,संस्थाकै हितलाई समेत आन्दोलनको एजेण्डा बनाएको छ । झण्डै २० अर्ब खर्चेर पनि फोरजी सेवा एक बर्षभित्रमा सकाउने लक्ष्य राखिएकोमा किन सकिएन ? कहिलेसम्म सकिन्छ ? भन्दै टेलिकम कर्मचारी युनियनका प्रतिनिधिले समन्वयकर्ताहरुलाई र्याख र्याख पारेसँगै प्राविधिकहरुसँग फेरि वार्ताको अर्काे श्रृंखला चलेको छ ।

प्रकाशित :२०७८ भाद्र ९, बुधबार १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry