राष्ट्रपतिबाट ६३३ जनालाई मानपदवी वितरण, क-कसले पाए ?

राष्ट्रपतिबाट विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।
अघिल्लो बर्ष कोरोना कहरका कारण रोकिएको विभुषण आज सम्पन्न भएको हो । गत बर्ष ०७६ साल असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये मानपदवीबाट आज राष्ट्र निर्माणमा अतुलनीय योगदान दिनेहरुलाई सुशोभन गरिएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ । आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।

Advertisement 1

जसमध्ये महाउज्जवल राष्ट्रदीप २ जनालाई,सुप्रशिद्ध प्रवल जनसेवाश्री ७ जनालाई प्रशिद्ध प्रवल जनसेवाश्री १ जनालाई,उज्ववल कीर्तिमय राष्टरदीप ९ जनालाई र सुप्रवल जनसेवाश्री ११२ जनालाई विभुषित गरिँदैछ ।
यसैगरी कीर्तिमय राष्ट्रदीप ८,प्रवल जनसेवाश्री २००,जनसोश्री ११० लाई प्रदान गरिएको छ । यस्तै अलंकारबाट १५५ लाई विभुषित गरिँएको छ । मानपदवी,अलंकार र पदक गरी ६३३ लाई विभुषित गरिँएको गृह मन्त्रालयले जनाएको छ। विभूषित भएकामा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत छन् ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत छन् ।

Advertisement 2

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिमा प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, कलाकार हरिहर शर्मा, इञ्जिनीयर काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य रहेका थिए ।

Bibhusan_2076

प्रकाशित :२०७७ चैत्र २७, शुक्रबार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry