यी हुन न्याय सेवाका शाखा अधिकृतमा सिफारिस भएका ११४ कर्मचारी (सूचीसहित)

लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् ।
नतिजा अनुसार,खुलातर्फ ६७ जना माग गरिएकोमा यस्तै महिला कोटाबाट १८,आदिबासी जनजातीतर्फबाट १४,मधेसी कोटाबाट ८,दलित कोटाबाट ३,अपांग कोटाबाट २ र पिछडिएको क्षेत्रबाट २ जना गरी ११४ जनालाई अधिकृत तहमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
आयोगको नतिजा अनुसार,न्याय सेवाबाट ५९ ,सरकारी वकिल सेवातर्फ ४२ जना र कानून सेवातर्फ १३ जना सिफारिस भएका छन् । न्याय, कानून र सरकारी वकिल समूहको शाखा अधिकृत वा सो सरहको पदमा खुलातर्फ ६७ जना सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी न्यायमा ३६ जना, दोस्रो सरकारी वकिलमा २४ जना र कानूनतर्फ ७ जना सिफारिस भएका छन् ।

Advertisement 1

यस्तै महिलातर्फ १८ जना सिफारिस हुँदा सबैभन्दा बढी न्याय सेवामा १० जना, सरकारी वकिल सेवामा ६ जना र कानून सेवामा २ जना सिफारिस भएका छन् । आदिवासी जनजातितर्फ १४ जना सिफारिस हुदाँ न्याय सेवामा ८ जना, सरकारी वकिल सेवामा ५ जना र कानून सेवामा एक जना सिफारिस भएका छन् ।

PSC-Nepal-Naya-Sewa_Result_Suchana

 

Advertisement 2

 

 

प्रकाशित :२०७८ माघ २५, मंगलवार १८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry