धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

Advertisement 1

फाउण्डेशनविरुद्ध बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक हिनामिना र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन् । अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी गराएको जानकारी दिए । ‘हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन अधिकारीले भनेका थिए। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ, उनले भनेका छन ।

 

प्रकाशित :२०७८ माघ २, आईतवार १६:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry