गाउँ गाउँमा छोटे राजा :- आफ्ना विजयउत्सब मनाउन पालिकाभर सार्वजनिक बिदा

पहिला पहिला राजा महाराजाहरुले आफ्ना जन्म जयन्ती,बिजय र्यालीमा सार्वजनिक बिदा दिन्थ्ये । यस्तो रोग गण्तन्त्रपछि स्थानीय तहमा सरेको छ । दैलोको सिंहदरबार  यस्तै  घटना देखिएको छ, मधेश प्रदेशतिर ।

Advertisement 1

सो प्रदेशको सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्षले आफू निर्वाचित भएपछि विजयउत्सब मनाउन भन्दै आज सार्वजनिक बिदा दिएको छ । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो पालिकाबाट अध्यक्षमा चुनिए दिनेशकुमार यादव । यादवले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्धार बनेका यादवले ४२६९ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी हरेराम यादव (जनता समाजवादी पार्टी, नेपाल) ३९३५ मत ल्याएका थिए ।

Advertisement 2

यसरी आफू विजयी भएसँगै विजयत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिएका हुन्। पालिकाको प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीको हस्ताक्षरित पत्रमा भनिएको छ,स्थानीय तह निर्वाचनमा यस पालिकाबाट नबनिर्वाचित पदाधिकारीहरुको विजय उत्सब मनाउने प्रायोजनका लागि रुपनी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेशप्रसाद यादवज्यूको आदेश अनुसार पालिकाभित्रका सबै सरकारी कार्यालय,संघसंस्था,शिक्षण संस्था र स्वास्थ्य कार्यालयमा आजका दिन सार्वजनिक बिदा दिइएको छ ।

 

Advertisement 3

 

प्रकाशित :२०७९ जेष्ठ ९, सोमबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry