४७ उपसचिवको सरुवाः नयाँलाई स्थानीय तह (सुचि सहित)

काठमाडौ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित नेपाल प्रशासन सेवाका उपसचिवलाई स्थानीय तह, मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा जिम्मेवारी दिइएको हो।
Advertisement 1
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यसपटक ४७ जना उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ। निर्णयमा नयाँ नियुक्त उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउनेदेखि विभिन्न स्थानीय तहमा कार्यरत उपसचिवलाई संघीय सरकारका मन्त्रालय तथा केन्द्रीय निकायमा ल्याउनेसम्मको व्यवस्था गरिएको छ।
२१ नयाँ उपसचिव स्थानीय तहमा
Advertisement 2
मन्त्रालयको अतिरिक्त समूहमा रहेका नयाँ नियुक्त २१ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन गरिएको छ।
उनीहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको मन्त्रालयले जनाएको छ।
Advertisement 3
नयाँ नियुक्त उपसचिवलाई स्थानीय तहमा पठाउने निर्णयसँगै लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रिक्त रहेका वा निमित्तका भरमा सञ्चालन भइरहेका स्थानीय तहमा प्रशासनिक नेतृत्व पुग्ने अपेक्षा गरिएको छ।
सुचिः








