सात सन्तानलाई सरकारी जागिरे बनाउने गंगा- लक्ष्मीको यस्तो छ संघर्षको कथा
एकै घरका सातै सन्तान निजामती सेवामा ! सुन्नेलाई आश्चर्य लाग्छ । तर स्याङ्जाका गंगा र लक्ष्मी ढकालका सातै सन्तानले सरकारी सिन्दुर पहिरिएर सेवामा छन् ।
२०२२ सालमा प्रहरीको जागिर छाडेका गंगाका सातै सन्तानमात्र होइन उनका ज्वाई र बुहारीहरु समेत सरकारी जागिर खान्छन् ।
उसो त निजामती सेवाका लागि स्याङ्जा आफैँमा एउटा उर्वर भूमि हो । जस्तो कि अहिलेका अर्थ सचिव मधु मरासिनी,परराष्ट्र सचिव भरतराज पौडेलदेखि श्रम सचिव एकनारायण अर्यालदेखि गृह सचिव टेकनारायण पाण्डे पनि स्याङ्जाली हुन ।
यिनै स्याङ्जाका गंगा र लक्ष्मीका लक्ष्मीकी जेठी छोरी सुशिला ढकाल हाल लोक सेवा आयोगमा कार्यरत छिन् । उनी आजभन्दा २० बर्ष अघि नै निजामती सेवामा प्रवेश गरेकी हुन । सुशीला अहिले उपसचिवको रुपमा कार्यरत छिन् । यस्तै सुशिलाकी बहिनी शोभा ढकाल पनि उपसचिवस्तरकै सरकारी जागिरे छिन् । २०६३ सालमा निजामती सेवामा पाइला राखेकी सुशीला तनहुँको भिमाद नगरपालिकाको शिक्षाका कर्मचारी हुन् ।
सुशिलाकी अर्की बहिनी शान्ति ढकाल त्रि.वि.को उपप्राध्यापक हुन् । उनी २०६१ साललेखि यो क्षेत्रमा सक्रिय छिन् । यसैगरी गंगा र लक्ष्मीकी जेठो छोरा टीकाराम ढकाल सहरी विकास मन्त्रालयमा कार्यरत छन् । उनी पनि उपसचिव नै हुन् । हाल निर्वाचन अधिकृतका रुपमा डोटीमा खटिएर निर्वाचन अधिकृतका रुपमा सबै काम फत्ते गरिसकेका छन् टीकाराम । उनै टीकारामका भाइ शोभाकान्त ढकाल हाल सशस्त्रको प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् । उनी २०६३ सालमा इन्सपेक्टरमा भर्ति भएका हुन् ।
टीकारामका अर्काे भाइ जगदिश ढकाल सुर्खेतमा सहसचिवस्तरको सरकारी जागिर खाइरहेका छन् । ०६५ मा सेवामा प्रवेश गरेका उनी एसओएसको सुर्खेत कार्यालय बालग्रामका प्राचार्य हुन् । यस्तै शंकर ढकाल महालेखा परीक्षण कार्यालयका लेखापरीक्षण अधिकारी हुन् । उनी २०६९ मा सेवामा भित्रिएका हुन् ।
गंगा र लक्ष्मीका सातै सन्तति त सरकारी जागिरेमा छँदैछन् । फेरि अर्काे आश्चर्य कुरो– उनीहरुका ज्वाइँ र बुहारीहरु पनि सरकारी जागिरमै छन् । जेठी छोरी सुशिलाकी श्रीमान् रमेश शर्मा पौडेल न्यायाधीश हुन् । उनी हाल बारा जिल्लामा कार्यरत छन् । छोरी शोभा ढकालकी श्रीमान् नवराज पोखरेल अधिकृत हुन् । उनी हाल तथ्यांक विभागमा कार्यरत छन् । यसैगरी छोरी शान्ति ढकालकी श्रीमान् तुलसी पौडेल गण्डकी प्रदेशको सातौँ तहका अधिकृत हुन् ।
उपसचिव टीकारामकी श्रीमती वर्षा रेग्मी पनि सरकारी जागिरे नै हुन् । उनी हाल वायु सेवा निगममा कार्यरत छिन् । डिएसपी शोभाकान्तकी श्रीमती आरती अर्याल भने भन्सार विभाग मातहत कार्यरत रहेकी छिन् भने शंकरकी श्रीमती सरस्वती शर्मा निर्वाचन आयोगकी अधिकृत हुन् । निजामती सेवाभन्दा बाहिर जगदीशको श्रीमतीमात्र रहेकी छिन् । उनी नीजि बैंकमा कार्यरत रहेकी छिन् ।