राजनीतिक आस्था नमिल्दा अर्थका आधा दर्जन सहसचिव महिनौं दिनदेखि बरण्डामा

मुलुकको अर्थतन्त्र चलायनमान बनाउन र राजश्व उठाउने काममा पूर्णत असफल देखिएका अर्थमन्त्री प्रकाशशरण महत र अर्थ सचिव कृष्णहरि पुष्कर कर्मचारी खटन पटनमा समेत असफल देखिएका छन् ।
मन्त्री र सचिवको निकम्पापनकै कारण अर्थ मन्त्रालयका आधा दर्जन निकायहरु प्रमुख बिहिनता अबस्थामा चलिरहेका छन् ।अर्काेतिर आधा दर्जन सहसचिवहरु महिना दिनदेखि काम नगरी हाजिर गर्दै घर फर्किरहेका छन् ।
अर्थका विभिन्न निकायमा जिम्मेवारी दिँदा रुख पार्टीसग आस्था राख्ने प्रशासकहरु नभएकै कारण उनीहरुलाई तीन महिनाभन्दा बढी समयदेखि बरण्डामा थन्काइर राखिएको छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिहदरबार र त्यसमा पनि सबैभन्दा शक्तिशाली मानिएको अर्थ मन्त्रालयमा झण्डै आधा दर्जन सहसचिव जिम्मेवारी नपाएका कारण महिनौ दिनदेखि मन्त्रालयको चौर र बरण्डामा बसेर दिन कटाइरहेका छन् ।

Advertisement 1

यस्तो स्थितिमा पुगेका हुन सहसचिवहरू राजेश्वर ज्ञवाली,महेश आचार्यहरु,जो महिनौं दिनदेखि अर्थको बरण्डामा थन्काइएको छ । सोही मन्त्रालयको बरण्डा माहाशाखामा थपिएका छन्,महेश बराल,पार्वती अर्याल र अमृत लम्सालहरु पनि महिना दिन हुनै लाग्यो बेरोजगार बनाइएको ।
अर्थमन्त्री प्रकाशशरण महत र अर्थसचिव कृष्णहरि पुष्करको असक्षमताका कारण यी प्रशासकहरुलाई राजनीतिक प्रतिशोध साँधेर महिनौंसम्म बेरोजगार बनाइएको अर्थ मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

हालैमात्र अर्थ मन्त्रालय कर्मचारी प्रशासनका हर्ताकर्ता आनन्द काफ्ले सरुवा मिलाएर गृहतिर हिडेपछि कर्मचारी प्रशासन माहाशाखा रिक्त हुन पुगेको छ । यस्तै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय,आन्तरिक राजस्व विभागका उपमहानिर्देशकका अलवा मन्त्रालयका अन्य निकायहरु समेत नेतृत्व विहिन अबस्थामा छ ।

Advertisement 2

तर मन्त्री र सचिवका निरिहताका कारण आधा दर्जन हाकिमहरुको दैनिकी अफिस आउने,घाम ताप्ने र फर्कनेमा सीमित हुन पुगेको छ ।

प्रकाशित :२०८० मंसिर २२, शुक्रबार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry