जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा :- कार्यालय समय बिहान ९: ३० देखि साँझ ५:३० सम्म

नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । इन्धन खर्च खपत कम गर्न भन्दै सरकारले आगामी १ जेठदेखि लागू हुने गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी १ जेठदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक हुनेछ भने कार्यालय समय बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
Advertisement 1
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने भएसँगै कार्यालय समय पनि बढाइएको छ । हाल कार्यलय समय बिहान १० बजेदेखि ५ बजेसम्म रहेकोमा अब थप एक घण्टा कार्यालय समय बढाइएको छ । अब कार्यालय समय बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म हुनेछ ।
मन्त्री कार्कीका अनुसार हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने निर्णय भएको हो ।