पेन्सनमै बार्षिक ६५ अर्ब स्वाहा

निवृत्त राष्ट्रसेवकको पेन्सन राज्यका लागि टेन्सनको विषय बन्न थालेको छ । अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरणमा वार्षिक अर्बौं रकम खर्च हुँदै छ ।

Advertisement 1

सरकारले चालु वर्षको बजेट वक्तव्यमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलबमान १५ प्रतिशतले वृद्धि गरे पनि पेन्सन मिलान कार्य भने नसकिएका कारण भूपू कर्मचारी र तिनमा आश्रित परिवारको खातामा रकम जान यसपटक केही बिलम्ब भएको निवृत्तिभरण कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा पेन्सन वार्षिक ६० अर्ब हाराहारी खर्च हुँदै आएकोमा अब ५ अर्बले बढ्ने आकलन छ । अबको दश वर्षपछि पेन्सनमा मात्रै वार्षिक १ खर्ब ३५ अर्बभन्दा बढी रकम खर्च हुनेछ ।

Advertisement 2

०६७/६८ मा ६ अर्ब ८२ करोड ४० लाख रहेको पेन्सनको भार ०७७र७८ सम्म आइपुग्दा वार्षिक ६० अर्ब पुगेको छ । निजामती किताबखानाको तथ्यांकअनुसार अहिले ७९ हजार ३२२ कर्मचारीले पेन्सन थाप्दै आएका छन् ।

नेपाल प्रहरी किताबखानाका अनुसार विशेष, राअवि, सशस्त्र र नेपाल प्रहरी गरी २ लाख १४ हजार ९६७ ले पेन्सन पाउँछन् ९असार मसान्तसम्म० । नेपाली सेनातर्फ ७५ हजार हाराहारीले पेन्सन बुझिरहेका छन् ।

Advertisement 3

शिक्षकसमेत जोड्दा पेन्सन थाप्नेको संख्या झण्डै साढे तीन लाख बढी छ । पेन्सन लिनेको संख्या ६ वर्षको अवधिमा झण्डै दोब्बरले बढेको देखिन्छ । ०६७/६८ मा १ लाख २८ हजार ४ सय १५ जनाले पेन्सन लिएका थिए भने अहिले बढेर साढे तीन लाख हाराहारी पुगेको छ ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार हरेक वर्ष १८ हजारभन्दा बढीका दरले पेन्सन लिने कर्मचारी थपिँदै छन् । निजामतीतर्फ मात्र यही आर्थिक वर्ष २३ सय हाराहारी कर्मचारी अवकाशमा जाँदै छन् । प्रहरीतर्फ निजामतीतिर जस्तो ५८ वर्ष कुर्ने भन्ने हुँदैन ।

कोही १६ वर्ष, कोही २० वर्ष त कोही पाँच वर्षमै उपदान थापेर हिँड्नेहरू धेरै छन् । त्यही कारण प्रहरीका पेन्सन होल्डरको संख्या अन्य राष्ट्रसेवकको भन्दा फरक रहेको प्रहरी किताबखानाका कर्मचारीले बताए ।

प्रकाशित :२०७९ भाद्र १८, शनिबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry