नेकपा (बहुमत) ले हटायो नेकपा (सरकार)लाई

नेकपा विभाजनको केन्द्रको रोग प्रदेश प्रदेशमा सरेको छ ।
नेकपा (बहुमत)वालाले नेकपा (सरकार) पक्षका लाई प्रदेश प्रदेशबाट हटाउने क्रम जारी छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा (बहुमत)वालाले प्रदेश–१ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर त्यहाँ भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

Advertisement 1

संसदीय दलको नेतामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । प्रदेश–१ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

बुधबारमात्र बाग्मती प्रदेशमा यसैगरी मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो ।

प्रकाशित :२०७७ पुष १६, बिहीबार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry