कोशी प्रदेशसभा :वार्षिक प्रतिवेदन पेस

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ।

Advertisement 1

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आर्थिक वर्ष २०८१/८२ को सो वार्षिक प्रतिवेदन सभामा पेस गरेका हुन्। सो प्रतिवेदनलाई सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सामाजिक विकास समितिमा पठाएको जानकारी दिए।

कोशी प्रदेशसभा न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे।

Advertisement 2

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतारानी महतो, सिर्जना राई, रामदेव यादव, तारादेवी ढकाल, लखीकुमारी गणेश, मैया श्रेष्ठ र शोभा चेम्जोङले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

Advertisement 3

उनीरूले बाढीको चपेटामा परेका नागरिकको खोज, उद्धार, उपचार, राहतको कार्यसँगै उचित बासको व्यवस्थपन गर्न सरकारसँग माग गरे। उनीहरूले विपद्मा तीनै तहका सरकार, नागरिक समाज, विभित्र सङ्घसंस्था मिलेर काम गर्न सुझाव पनि दिए।

अर्को बैठक भदौ २२ गते दिउँसो १ः०० बजे बस्नेछ।

प्रकाशित :२०८३ भाद्र १८, बिहीबार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry