थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

नेपालले थप दुई वटा देशसँग कुटनीतिक सम्वनध कायम गरेको छ । दक्षिण सुडान र बेलिजसँग नेपालले थप कुटनीतिक सम्वनध कायम गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement 1

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिइन् ।

उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन् ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ चैत्र ३०, बुधबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry