बागमतीमा प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, आर्थिक मामिलामन्त्री बने एमालेबाट थपलिया

हेटौडा । नयाँ गठबन्धन बनेसँगै वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा (एमाले) संसदीय दलका नेता जग्गनाथ थपलियालाई शनिबार मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् ।
Advertisement 1
नवनियुक्त मन्त्री थपलियाले शनिबार साँझ प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । थपलियालाई दोस्रो पटक आर्थिक मामिला मन्त्रीको रुपमा शपथ गराएका हुन् । उनी प्रदेशको निर्वाचनपछि एमाले–माओवादी गठबन्धन हुँदा आर्थिक मामिलामन्त्री भएका थिए ।
यो सँगै नयाँ गठबन्धनमा शनिबारबाटै एमाले सरकारमा सहभागी भएको छ । यसअघि २०७९ पुस २६ गते पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।
प्रकाशित :२०८० चैत्र १७, शनिबार २३:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%