देशका मुख्य सडकहरुको अवस्था र सरकारी गैरजिम्मेवारीपनको पराकाष्टा !

नागरिकको आवागमनमा सहज र सुगम बनाउने मुख्य माध्यम सडक यातायात मानिन्छ ।

Advertisement 1

तर देशमा अनेकौं सडक सञ्जाल बनेर पनि नागरिकमा सहजता भने आउन सकेको छैन ।

अधिकांश सडकहरुको अवस्था दर्दनाक देखिन्छ ।

Advertisement 2

हालै म पारिवारिक घुमफिरको लागि पृथ्वी राजमार्गबाट नागढुंगा-नौबिसे-मुग्लिन-भरतपुर- सौराहा-हेटौंडा हुँदै कान्ति राजमार्गको बाटोबाट ललितपुरको सातदोबाटो भएर आज काठमाण्डौस्थित घर आइपुगें ।

हाम्रो यात्राका यी सबै मार्ग राजमार्ग (लोकमार्ग ?) मानिन्छन् ।

Advertisement 3

यी सडकको अवस्था कस्तो छ भन्ने कुरा देशको सबैभन्दा ठूलो चाड बडादशैंमा काठमाण्डौंबाट बाहिर जाने र आउने लाखौं नागरिकहरुले एकसाथ महसूस गरेका छन् ।

अरु समयमा दैनिक रुपमा आवतजावत गर्ने हजारौं नागरिकहरुको पीडा पनि उस्तै छ ।

भुक्तभोगीहरुबाट सुन्नमा आए अनुसार यस्तै अन्य सडकखण्ड त्रिभुवन राजपथको नौबिसे-भीमफेदी र भीमफेदी-दक्षिणकाली मार्ग जस्ता काठमाण्डौं आउने र जाने सडकहरुको अवस्था पनि यस्तै छ ।

यसैगरी मुग्लिन-पोखरा मार्ग, नारायणगढ-बुटबल मार्ग जस्ता पर्यटकीय दृष्टिले अति महत्वपूर्ण मानिने सडकहरु त झनै दर्दनाक अवस्थामा छन् ।

देशको राजधानी जोड्ने सडकहरुको त यो दशा छ भने अरु सडकहरुको अवस्था झन कस्तो होला !

हेटौंडाबाट कान्ति राजमार्ग भएर ललितपुरको सातदोबाटो निस्कने क्रममा अति रमणीय दृष्यहरु हेर्दै यात्रा गर्न पाइने रहेछ । तर ८४ कि मि लामो यस सडकका धरैजसो खण्डहरु यति खतम रहेछन् कि साना कारहरुबाट यात्रा गर्न अत्यन्तै कठिन रहेछ । म साना कार लिएर यो मार्गबाट यात्रा नगर्न सल्लाह
दिन्छु ।

यस्ता महत्वपूर्ण सडकहरुको समयमा मर्मत गर्ने मुख्य दायित्व सडक विभागको हो । सो विभागको नेतृत्व किन यतिसारो गैरजिम्मेवार भएको होला ?

सम्बन्धित मन्त्रालयका सचिव के गरेर बस्ता हुन् ?

सम्बन्धित मन्त्रीको जिम्मेवारी कमिशन उठाउने मात्रै हो ?

प्रधानमन्त्री कार्यालयका आधा दर्जन सचिवहरुले कस्तो प्रगति विवरण तयार गरेर बस्ता हुन् ?

संसदीय समितिका सदस्यहरुलाई यस्ता विषयमा ध्यान दिने फुर्सद कहाँ होला र !

हेलिकप्टरमा चढेर देश दर्शन गर्न रुचाउने प्रधानमन्त्रीलाई सर्वसाधारण जनतासँग सम्बन्धित यस्ता विषय प्राथमिकतामा पर्ने कुरै भएन ।

समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गर्ने निर्जीव संविधानलाई त सरोकार हुने विषय नै यो होइन !

कठै हामी नेपाली !

प्रकाशित :२०८० कार्तिक ९, बिहीबार ०६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry