कोरोना महामारीको अन्त्य हुने: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दावी
Advertisement 1
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले नै कोरोना महामारीको अन्त्य हुने विश्वास लिएको जानकारी दिएको छ ।
ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र यसले महामारीलाई शिथिल बनाउने भन्दै छिट्टै महामारी अन्त्य हुने संगठनका निर्देशक हान्स क्लुगले बताएका हुन् ।
Advertisement 2
सम्पूर्ण विश्वलाई नै ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने अनुमान विशेषज्ञहरुले गरेका हुन् । उनले भने ‘तर, यो वर्षको अन्त्यसम्ममा विश्वले महामारीबाट मुक्ति पाउने उनको दावी छ । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यतर्फ लग्दैछ,’ क्लुगले भने । मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने क्लुगको अनुमान छ ।
खोपका कारण विश्वव्यापी रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताएका छन् ।
प्रकाशित :२०७८ माघ १०, सोमबार १२:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%