पूर्वसांसद गुरागाईंमाथि खुकुरी प्रहार

पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंलाई एक युवकले खुकुरी प्रहार गरेका छन् ।

Advertisement 1

धनकुटाका नेता गुरागाईंमाथि उनका छिमेकीले शनिबार एक्कासी खुकुरी प्रहारधनकुटाका नेता गुरागाईंमाथि उनका छिमेकीले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का वासिन्दा हुन्।

घरमा गफगाफ गरिरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार भएको थियो। ती युवकले किन खुकुरी प्रहार गरेकाहुन् भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Advertisement 2

गुरागाईंको अनुहारमा गहिरो चोट लागेको छ। उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले जनाएको छ। गुरागाईं ०४८ सालमा सांसद बनेका थिए।

प्रकाशित :२०७८ चैत्र २७, आईतवार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry