अख्तियारको हेटौँडा कार्यालयमा धेरै उजुरी रौतहटको स्थानीय तहका

वीरगञ्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाखसम्मको अवधिमा एक हजार पाँच सय ६४ उजुरी परेका छन्।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले कार्यालय मातहतका जिल्लामध्ये रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी आउने बताए। ‘चालु आवको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० उजुरी दर्ता भएका छन्,’ उनले भने, ‘दोस्रो धेरै उजुरी पर्नेमा बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन्।’

कार्यालय मातहत चालु आवमा सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ। जहाँ १० महिनामा तीन–तीन वटा मात्रै उजुरी परेको छ।

Advertisement 2

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले स्थानीय तहमा विधिको शासन र सुशासन कायम राख्न जरुरी रहेको बताए। ‘मधेश प्रदेशका स्थानीय तहमा भएका विकृतिको उजुरीको संख्या उच्च रहेको छ,’ उनले भने, ‘स्थानीय तहले सुशासन कायम गर्दै यहाँ देखिएका विकृति र विसंगतिको अन्त्य गर्न आवश्यक भइसकेको छ।’

प्रकाशित :२०८२ जेष्ठ ६, सोमबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry