७० वर्षका वृद्धले पहिले श्रीमतीको घाँटी रेटे, पछि आफैं सेरिए

उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
Advertisement 1
मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। गए मध्यरात राईले ५६ वर्षीया श्रीमती चतुरमाया राईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
राईले श्रीमतीको घाँटी रेटेपछि आफ्नो घाँटीसमेत सेरेका थिए । उनलाई घाइते अवस्थामा गाउँलेले फेला पारेपछि प्रहरीलाई जानकारी गराए थिए । आफ्नै घाँटी सेरेर घाइते भएका राईलाई उपचारको निम्ति जिल्ला अस्पताल गाईघाट पुर्याएको छ ।
Advertisement 2
‘कान्छी श्रीमती एकदिनको लागि कहीँ गएको छ भने पनि उनले आफूलाई छाडेर गएको भन्ने बुझ्ने रहेछन्। श्रीमान घाइते अवस्थामा भए पनि बोल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ गौतमले भने,’यी कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेका छन्। हामी थप अनुसन्धान गरिरहेका छौं।’
प्रहरीले घाइते सन्तबहादुरको उपचारको लागि जिल्ला अस्पताल पठाएको छ। यता जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानको लागि टोली खटिएको छ।