प्रधानमन्त्री डाके सर्वदलीय बैठक, ऎन कानुन बनाउने छलफल
x1fc57z9 x1yc453h x126k92a x14ctfv” dir=”auto” role=”none”>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री दाहालले संसदको जारी जारी गतिरोध अन्त्य गर्न, ऎन कानुन बनाउने र देश र जनताका दैनिक समस्याबारे छलफल गर्ने बैठक डाकेका हुन् ।
बैठकमा संसद्को जारी गतिरोधबारे छलफल हुने उनको सचिवालयले जनाएको छ । एक महिनायता प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । यसैले प्रधानमन्त्रीले बैठक चलाउने परिस्थिति निर्माणको लागि छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले ७ दललाई बैठकमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन्।
प्रकाशित :२०८० भाद्र ३, आईतवार १३:३८