विभाजनबाट जुन संस्था बच्यो

एमाले विभाजनसँगै भएभरका भ्रातृ अर्थात जनवर्गीय संगठन फुटिसकेका छन् । तर एउटा यस्तो संगठन छ, जहाँ आजका दिनसम्म ‘बैरीहरूको आँखा लागेको’ छैन । त्यो हो प्रगतिशील लेखक संघ (प्रलेस) ।
अप्ठ्यारो स्थितिमा जुटेको यो संगठन अहिले पनि सामन्तवाद, साम्राज्यवादविरुद्ध एकताबद्ध छ । ०५६ मा गोविन्द भट्टले एक्लै चलाए, अहिले विप्लव र वैद्य निकटका लेखक समूहमा छैनन् । प्रगतिशील लेखक संगठनमा एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, माओवादीनिकट जनसांस्कृतिक महासंघ, नेमकिपाको रक्तिम समूह, सीपी निकट र नेकपा एसनिकट साँस्कृतिक संगठन आबद्ध छन् । २००९ असोज ५ मा स्थापित प्रलेशको सातवटै प्रदेशको अधिवेशन सर्वसम्मतिबाट टुंगिएको छ । केन्द्रीय सम्मेलन भने यही २५ र २६ गते हुँदै छ । उता, ओलीनिकट राष्ट्रिय जनसाँस्कृतिक महासंघको हालै चितवनमा सम्पन्न महाधिवेशनमा पोखरामा सम्पन्न प्रेस चौतारी र काठमाडौं कार्की ब्यांकेटमा सम्पन्न कर्मचारी संगठनको निर्वाचनमा झैँ टीका लगाएर नेतृत्व चयन टुंग्याइएको छ ।