प्रशासक तथा गीतकार डा दामोदर रेग्मीको भिडियो म्युजिक सार्वजनिक

चर्चित गायक प्रताप दास र कोकिलकण्ठी गायिका अन्नु चौधरीको स्वरमा गीतकार डा दामोदर रेग्मीव्दारा लेखिएको गीतको भिडियो सार्वजनिक भएको छ ।
Advertisement 1
डा दामोदर रेग्मी कुशल प्रशासक तथा लेखक पनि हुन् । अलिकति हास्नु तिमी अलिकती म हासुला बोलरहेकोउक्त गीतमा डि वि लामाले संगीत भरेका छन् । नेपाल आइडियलबाट चर्चित बन्न पुगेका गायक प्रताप दास अहिलेका धेरै रुचाइएका गायकहरु मध्येमा पर्ने गर्दछन् । त्यसै गरि गायिका अन्नु चौधरी अर्की सफल गायिका हुन् उनलाई नेपालको अल्काइ यांगिकको रुपमा समेत चिन्ने गरिन्छ ।
यस्ता सफल तथा युवा गायक गायिका र शव्दको मर्मलाई कर्णप्रिय संगीतमा ढाल्न सक्ने अर्का युवा संगीतकार डि वि लामाको संगीतले गीतलाई धेरै आकर्षक बनाएको गीतकार डा दामोदर रेग्मीले बताए । संगीतकार डि वि लामाले डा दामोदर रेग्मीको गीतका हरेक शव्द गहन रहेको र त्यसमा गायक गायिकाले पूर्ण न्याय गरेको बताए । गायक प्रताप दासले गीट्टका शव्द साह्रै मर्मस्पर्सी रहेको र यस्तो गीत गाउन पाउदा खुशी लागेको वतए । गायिका अन्नु चौधरीले यो गीतले हरेक परिस्थितिलाई सामना गरि अघि बढ्नु पर्ने सकारात्मक सन्देश दिएको वताइन। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीतका एरेन्जर विशाल निरौला र रेकर्डिस्ट रन्जन राइ रहेका छन् ।
Advertisement 2
भिडियोको अर्को आकर्षा पक्ष अभिनय रहेको छ । गीतमा आर आर खड्का र सृष्टि खड्काले अभिनय गरेका छन् । आर आर खड्काले गीतकार डा दामोदर रेग्मीसंग आनन्द कार्कीकोस्वरमा रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीतमा समेत सहकार्य भएको र यस गीतमा अभिनय समेत गर्न पाउदा खुशी लागेको वताए । गीत र भिडियो दुवै उत्कृष्ट रहेको उनले बताए । नितिन चन्दको निर्देशन रहेको उक्त भिडियोका निर्माता शिसिर गुरुंग रेका छन् भने डिजाइनर मर्कुश तामांग, मेक अप नन्दा अधिकारी र प्रिया कार्की, एल पी एम निर्मल न्यौपाने, सम्पादन शिलन लम्साल, पव्लिसिटि डिजाइन नोभिस आर्टस, क्यामेरा दिनेश पराजुली, कोरियोग्राफर सियोन श्रेष्ठ रहेका छन् । एक अञ्जुली मायाको उपहार छरिदेउ गीतका निर्देशक सियोन श्रेष्ठ रहेका थिए ।
गीतकार डा दामोदर रेग्मीको गीतमा आनन्द कार्कीको स्वर र किरण कडेलको संगीतमा तथा मुरलीधरको स्वर र संगीत हरेको गीत सार्वजनिक भैसकेको छ ।