रामेछापको लिखु गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधीकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध मुद्दा चलाएको छ ।
Advertisement 1
२७ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भष्टाचार गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुमाथि चार करोड २१ लाख बढी बिगो दाबी गरिएको छ । अख्तियारले उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिका अध्यक्ष खड्काले ४ करोड २१ लाख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेले १ करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा अधिकृत दुर्गाबहादुर डिङदोङ तामाङ विरुद्ध १ करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको अभियोग सहित बिगो दावी गरिएको छ ।
गाँउपालिका अध्यक्ष समेतको मिलेमतोमा उक्त गाउँपालिका वडा नं.४ बिजुलीकोट वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकूलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
Advertisement 2