अन्तत: तुहियो दुई डिजीको सरुवा

 

Advertisement 1

निर्वाचन आयोगका एक जना आयुक्तको स्वार्थपूर्ति नभएका कारण दुई सहसचिवको सरुवा रोकिएको छ । यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशक झलकराम अधिकारीको रातारात सरुवा गरिएको थियो । जस्लाई आयोगले सहमति पनि दिएको थियो । साढे चार महिनामै त्यहाँबाट अधिकारीलाई हटाएर त्यहाँ मदन दाहाललाई खटाइएको छ ।
अधिकारी सरुवा हुनुको अर्का कारण हो सुपारी तस्करीसँग जोडिएको भनिँदैछ । अधिकारीको पजनीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत मदन दाहाल त्यहाँ खटाइएको छ ।

उता चुनावी खर्च उठाउने जनार्दन शर्माको योजना फ्लप भएको छ । अर्थ मन्त्रालयले दुई ठूला विभागको हाकिम परिवर्तन गर्ने तयारी गरेको भए पनि त्यसमा बहादुर भवनले स्वीकृति नदिदा जनार्दनको चुनाव खर्च उठाउने दाउ तुहिएको अर्थ मन्त्रालयतिर चर्चा छ ।

Advertisement 2

जनार्दनले मन्त्रालय मातहतका दुई ठूला विभागहरु आन्तरिक राजश्व विभाग र भन्सार विभागको हाकिमलाई परिवर्तन गर्नका लागि निर्वाचन आयोगसँग सैद्धान्तिक सहमति मागेका थिए । जस अनुसार भन्सारका कमल प्रसाद भट्टराईको ठाँउमा चक्र बूढा र रितेश शाक्यको स्थानमा दीर्घराज मैनालीलाई ल्याउने तयारी थियो ।

यस्का अलवा केही सहसचिव र उपसचिव समेत चलाउने तयारी थियो । तर आयोगका आयु्क्त रामप्रसाद भण्डारीले ती कर्मचारीहरुको सरुवाको हकमा निर्वाचन आचारसंहिता अनुकूल नभएको भन्दै सहमति दिन नसक्ने जबाफ पठाए पछि सरकारले चक्मा खाएका छन् ।

Advertisement 3

चुनावको मिति घोषणा भएपछि कर्मचारी सरुवा, बढुवाजस्ता महत्वपूर्ण निर्णय नगर्ने अभ्यास रहँदै आएको छ । तर, विशेष अवस्थामा भने निर्वाचन आयोगसँग सहमति लिएर सरुवा बढुवा गर्न पाउने कानुनी व्यवस्था छ ।यही प्रावधानलाई देखाएर सरकारले सरुवाका लागि सैद्धान्तिक सहमति मागेकोमा आयोगले सरुवा दिन नसक्ने जबाफ दिएको हो ।

तर आयोग स्रोतले यस्लाई आयुक्त रामप्रसाद भण्डारीले सरकारसँग प्रतिशोध साँचेको बताएको छ । खासमा आयुक्त भण्डारी निर्वाचनको मुखमा भारत भ्रमणमा निस्कन खोजेका थिए तर आयुक्तको भारत भ्रमणलाई सरकारले स्वीकृति नदिएपछि आयुक्त भण्डारीले पनि सोही रिस फेरेको त्यहाँका एक अधिकारीले सुनाएका छन् ।

प्रकाशित :२०७९ कार्तिक २८, सोमबार १४:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry