पीडितलाई न्याय दे भन्दै प्रहरी र सिडिओलाई ज्ञापन पत्र
अञ्जनकुमार हिमाली
मुख बोल्न नसक्ने एक युवतीको करणीपछि अत्यन्तै निर्मम ढंगले हत्या गरेर छिप्न खोजेका आरोपीलाई प्रहरीले नियन्त्रण लिइसकेपनि अपराधीलाई राजनीतिक प्रभाव र संरक्षणमा कतै उन्मुक्ति मिल्ला भनेर यहाँका नागरिक समुदाय दबाबपूर्ण आन्दोलन सहित जिल्ला प्रशासन र प्रहरी प्रशासनमा न्यायोचित कारबाही र पीडितलाई न्याय दे भन्दै ज्ञापन पत्र पेश गरेका छन्।
सुन्दरबजार (१ कुन्छा लमजुङ्गका राम सुनारले सोही ठाउँकी ३० बर्षे युवती लीला अछामीलाई सोही नगरपालिका वडा नम्बर १ खड्केपानी जंगलमा लगेर करणी पश्चात टाउकोमा ढुंगाले हानी हत्या गरेका थिए । आफूले गत फागुन मै बुटवल की एक युवतीसंग विवाह गरेता पनि मृतकसंग लामो समयदेखि उठबस गरेका सुनारले श्रीमती माइती गएको बेला सामाजिक सञ्जाल ईमो मार्फत अछामीलाई गएको १० घरमै बसिरहेकी अछामीलाई बोलाएका थिए । बेलुका ५ बजेतिर निस्केकी उनलाई सुनारले अनकन्टार जंगलमा पुर्याएपछि करणी गरे । जब युवतीले विवाह गर्न दबाब दिइन् हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सज्जन परिवारमा यस्तो कुपुत्र कसरी जन्मियो गाउँले सबै छक्कै परेका छन् । यो मान्छेले यस्तो अपराध गर्ला भनेर कसैले नपत्याएको आन्दोलन की अगुवा सन्तोषी गौली बताउनु हुन्छ । तर अनुहार माया लाग्दो हुँदैंअपराध गर्दैन भन्ने नहुँदो रैछ । नाताले काका पर्ने बलबहादुर सुनार यो केटोले यस्तो अपराध गरेकोमा अचम्म मानेका छन् । कुल मै नभएको यस्तो अपराधी आज देख्न पर्दा सपना जस्तो लागेको बताउँछन् । अछामी हत्याको १३ औं तिथी पारेर हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाओस् भन्दै नागरिक समाजका ती अगुवाहरुले दबाब सिर्जना गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै सिडिओलाई ज्ञापन पत्र बुझाएका थिए ।