भुपाल बरालको नेतृत्वमा ५ सदस्यीय बजेट लेखन टिम,यस्तो छ अबको कार्यतालिका

आर्थिक वर्ष २०८०–८१ को बजेटको मस्यौदा लेखनका काम शुरु भएको छ । सहसचिव भुपाल बरालको संयोजकत्वमा रहेको एउटा समूह ढोका बन्द गरेर लेखन सुरु गरेको हो ।बजेट कार्यदलमा पाँच जना सहसचिव छन्, जसको नेतृत्व भुपाल बरालले गरेका छन् । यस्तै सदस्यहरुमा आनन्द काफ्ले, धनिराम शर्मा, उत्तरकुमार खत्री र जनकराज शर्मा छन् ।
अर्थ मन्त्रालयमा गठन गरिएको बजेट टिमले अर्थसचिव अर्जुन पोखरेलको बैठक कक्षमा बसेर बजेटको मस्यौदा लेखन सुरु गरेको छ ।
बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ ।

Advertisement 1

गत चैत २४ को मन्त्री स्तरीय निर्णय मार्फत अर्थमन्त्री डा प्रकाश शरण महतले बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन्।

बजेट लेखन टोलीका एक सदस्यका अनुसार पर्सी ३० गतेसम्ममा आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिई छपाइका लागि पाठउने, जेठ १ गते बजेट वक्तव्यको पहिलो मस्यौदा तयार गर्ने,जेठ ५ गते राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने र ६ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङका लागि मस्यौदा तयार गरी १० गते राष्ट्रपतिलाई बजेट ब्रिफिङ गरिने कार्यतालिका रहेको छ ।
यस्तै जेठ १२ गते व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि प्रेसमा पठाइने, जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने
र १५ गते सङ्घीय संसद्को बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन्।

Advertisement 2

 

प्रकाशित :२०८० बैशाख २९, शुक्रबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry