काठमाडौं सहित बागमतीमा गाडी भाडा बढ्यो (भाडादरसहित)

बाग्मती प्रदेश सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडादरमा बृद्धि गरेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ। यो सूचना प्रदेश राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार, यात्रुवाहक सवारी साधनको ८ दशमलव ३९ प्रतिशतले र मालवाहक सवारी साधनको भाडा ११ दशमलव ९१ प्रतिशतले वृद्धि गरिएको छ।
बढाइएको भाडादर अनुसार अब काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ । कम्तिमा पाँच् किलोमिटरसम्मको यात्रा गर्दा २० रुपैयाँ भाडादर कायम गरिएको छ । त्यसपछि १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्याइएको छ ।

Advertisement 1

त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना

 

प्रकाशित :२०७९ श्रावण ७, शनिबार ०६:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry