निर्वाचनमा खटिने कर्मचारीको २० लाखको बिमा

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको सामूहिक दुर्घटना बीमा गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको काममा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिएको जनाएका हुन । शर्माका अनुसार,आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिएको छ ।’

Advertisement 1

आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्रलगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि  छ वटा प्याकेजमा इ–बिडिङको माध्यमबाट खरिद गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित :२०७८ चैत्र ३, बिहीबार २०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry