रुकुमेली र माओवादी अर्थमन्त्रीका प्यारो,अरु आँखाका तारो ?

कर्मचारी सरुवामा नातागोता र आफन्त च्याप्न थालेसँगै अर्थमन्त्री जनार्दन शर्मा ओलोचित हुँदैछन् । मन्त्री भएसँगै शर्माले शिशिर ढुंगनालाई हटाएर मधुकुमार मरासिनीलाई सचिवको रुपमा मन्त्रालयमा ताने । त्यसको केही समय नबित्दै आफ्नो भाञ्जीज्वाईं भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंक को प्रतिनिधित्वका लागि गरेको सिफारिस गरे ।
नाता गोता र रुकुमेली खोज्दा अर्थमन्त्री शर्मा एक पछि अर्काे आलोचना खेप्दैछन् । अर्थमन्त्री शर्माले अहिले आफ्नो सचिवालयमा एकाघरका सदस्यहरु राखेपछि आलोचना खेप्दैछन ।

Advertisement 1

अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनसँगै राजश्व र भन्सार विभाग तारो बनेका छन् । राजश्वको डिजी झक्कप्रसाद आचार्यलाई झिकिएको छ । तर, कता राखे ठेगान नभएपछि उनलाई मन्त्रालयमा हाजिर गर्न मात्र दिइएको छ । यसको सोझो अर्थ अब उनको सरुवा अर्थ मन्त्रालयभन्दा बाहिर हुने पक्का हो ।

यसैगरी भन्सारका डिजी यमलाल भुसाललाई पनि पनि त्यसै गरिएको छ । अहिले सञ्चार लगायत विभिन्न मन्त्रालयबाट तानेर पाँच जना सहसचिवलाई अर्थ मन्त्रालय मातहत ल्याइएको छ ।
त्यसो गरेपछि अब अर्थमा रहेका यसअघिका पाँच जनालाई अन्यत्र पठाउनै पर्ने हुन्छ । सामान्य प्रशासन मन्त्रालयमा मन्त्री नभएर उनीहरुको सरुवा रोकिएको बताइन्छ ।

Advertisement 2

स्रोत भन्छ, ‘आफू अनुकूलका बाहिरबाट पाँच जना ल्याइयो । प्रतिकूल भनिएका पाँच जनालाई निकाला गरिनेछ । धपाइने बाँकी तीन जनाको खोजी भइरहेको छ ।’

अहिले यामलाल एमालेका होइनन् भन्न थालिएको छ । यसअघि सचिव युवराज भुसालका नातेदार भन्ने जान्दाजान्दै पनि भन्सारमा पठाइएको थियो । यामलाललाई राजनीतिक भन्दा पनि कार्यक्षमता कमजोर भएकाले फिर्ता गरिएको बताइएको छ ।

Advertisement 3

अब सरुवा नहुने सहसचिवको सूचिमा सुमन दाहाल पनि परेका छन् । उनलाई बजेटबाट झिकेर अर्को महाशाखामा राखिएकाले त्यहिँ थमौती हुने पक्का रहेको बताइन्छ ।

अर्का सहसचिव दीर्घ मैनाली ओलीको मान्छे भनेर हिट लिष्टमा नै परेका छन् । उनलाई राजश्व अनुसन्धानबाट झिकेर अर्थ मन्त्रालयको वित्तीय क्षेत्रको जिम्मेवारी दिएर राखिएको छ । मैनाली ओलीको मान्छे भए पनि नयाँ अवस्थामा सेटिङ मिलाएर अर्थमै बस्ने चाँजोपाँजो मिलाएको भन्न थालिएको छ ।

शर्माको जिल्ला रुकुमका एकै परिवारका ५ सदस्य अर्थ मन्त्रालयमा कार्यरत छन् । मन्त्री शर्माले रमेशकुमार केसी,दिलीप केसी,कृष्णबहादुर केसी,सुवर्णप्रभा केसी र ईश्वरी केसी ल्याएर आफ्नो सचिवालय भरेका छन् । हालै गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट अर्थ मन्त्रालयमा ल्याएका सहसचिव रमेशकुमार केसी, उनका भाइ उपसचिव दिलीप केसी र शाखा अधिकृत कृष्णबहादुर केसी दाजुभाइ हुन् । यस्तै हाल वीरगंज भन्सारमा कार्यरत दिलिपलाई भैरहवा भन्सारमा लैजाने तयारी गरिएको छ ।
यस्तै अधिकृत कृष्णबहादुर केसी मन्त्री शर्माको निजी सचिवका रुपमा कार्यरत छन् । उनकी बहिनी सुवर्णप्रभा केसी नायब सुब्बा छिन् । उनलाई पनि मन्त्रीको सचिवालयमा राखिएको छ । उपसचिव दिलीप केसीकी श्रीमती ईश्वरी केसी पनि अर्थ मन्त्रालय अन्तर्गत नै कार्यरत छिन् ।

 

प्रकाशित :२०७८ भाद्र ८, मंगलवार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry